वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रभित्र रहेका सबै निजी तथा संस्थागत विद्यालयलाई छात्रवृत्ति विवरण पेश गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, शैक्षिक प्रशासन महाशाखाले २०८२ भदौ ३ गते जारी गरेको पत्रमा संघीय शिक्षा ऐन २०२८ को दफा १६ (ञ) तथा शिक्षा नियमावली २०५९ को नियम १५१ (२) अनुसार कक्षा ० देखि ८ सम्म न्यूनतम १० प्रतिशत छात्रवृत्ति अनिवार्य रूपमा वितरण गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।
सोही व्यवस्था बमोजिम शैक्षिक सत्र २०८२ मा प्रदान गरिएको छात्रवृत्तिको विवरण कक्षागत रूपमा विद्यार्थीको नामावली सहित सात दिनभित्र महानगरको शैक्षिक प्रशासन महाशाखामा अनिवार्य रूपमा बुझाउन विद्यालयहरूलाई आग्रह गरिएको छ ।
महानगरले छात्रवृत्ति सम्बन्धी विवरण समयमै पेश नगर्ने विद्यालयमाथि कानूनी कारबाही हुने चेतावनी पनि दिएको छ ।






