जनकपुर । अनेरास्ववियु मधेस प्रदेश कमिटीको पहिलो विस्तारित बैठक जनकपुरमा सफलता पूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा नव निर्वाचित अनेरास्ववियु केन्द्रीय सदस्य आशिफ अहमद लाई सम्मान गरिएको छ। यस अवसरमा नेकपा (एमाले) मधेस प्रदेश इन्चार्ज तथा पूर्व मन्त्री लिलानाथ श्रेष्ठ प्रमुख अतिथि हुनुहुन्थ्यो।
प्रदेश संयोजक सतीश चन्द्र सिंहले अध्यक्षता गर्नु भएको बैठकमा केन्द्रीय कमिटीका उपाध्यक्ष, सचिव, सचिवालय सदस्य तथा केन्द्रीय सदस्यहरुलाई सम्मान–पत्र प्रदान गरिएको छ ।
कार्यक्रमका क्रममा अहमदले संगठन विस्तार, प्रशिक्षण, रचनात्मक कार्यक्रम, विद्यार्थी आन्दोलन, मिशन स्ववियु निर्वाचन तथा मिशन ८४ लाई सफल बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो।
बैठकमा अनेरास्ववियु केन्द्रीय कमिटीका उपाध्यक्ष, सचिव, आठौं जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य संयोजक र जिल्ला अध्यक्षहरु पनि उपस्थित थिए।






