Categories समाचार

माईस्थान मन्दिर परिसरमा श्री गणेश चतुर्थी पूजा महोत्सव हुने

Advertisement

वीरगञ्ज । वीरगञ्ज–६ स्थित माईस्थान युवा क्लबले प्रत्येक वर्षझैं यस वर्ष पनि श्रद्धा, भक्ति र सांस्कृतिक उत्साहका साथ श्री गणेश चतुर्थी पूजा महोत्सव–२०८२ आयोजना गर्ने भएको छ।

क्लबका अनुसार महोत्सव भदौ ११ गते (बुधवार) देखि भदौ १५ गते (आइतवार) सम्म माईस्थान पार्क, वीरगञ्जमा सञ्चालन हुनेछ।

Advertisement

महोत्सवको सफल व्यवस्थापनका लागि ११ सदस्यीय आयोजक समिति गठन गरिएको छ। जसमा अध्यक्ष राहुल कुमार रौनियार, उपाध्यक्ष शिवम पटेल, सचिव सागर सर्राफ, कोषाध्यक्ष लखन कुमार कानु रहेका छन्। त्यस्तै, सदस्यहरूमा सरबेस श्रीवास्तव, सुमित दास, सुभाष गुप्ता, अंकित मिश्रा, पवन सर्राफ, विक्रम गुप्ता र रोहित सरार्फ रहेका छन्।

Advertisement

यसैगरी, पप्पु गुप्ता, आकाश गिरी, विक्की गुप्ता, विक्रम गुप्ता, सन्तोष पौडेल, रजित कलवार, दिपु गुप्ता र अनिल सराफलाई वरिष्ठ सल्लाहकारको जिम्मेवारी दिइएको क्लबले जनाएको छ।

महोत्सवमा नगरबासी र श्रद्धालु भक्तजनहरूलाई उपस्थित भई धार्मिक पुण्य लाभ लिन माईस्थान युवा क्लबले हार्दिक निमन्त्रणा गरेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *