Categories स्वास्थ्य

हैजाबाट बालबालिकालाई जोगाउन डाक्टर मिश्राको सुझाव

Advertisement

वीरगञ्ज । हाल विभिन्न क्षेत्रमा हैजाको संक्रमण फैलिरहेको अवस्थामा बालबालिकाको स्वास्थ्य विशेष जोखिममा रहेको वरिष्ठ बाल रोग विशेषज्ञ डा. अतेन्द्र मिश्राले बताएका छन्।

उहाँका अनुसार हैजा दूषित पानी र अस्वच्छ खानेकुराबाट सर्ने भएकाले अभिभावकले आफ्ना बालबालिकाको खानेपानी शुद्ध पारेर मात्र दिनु अत्यावश्यक छ। “बालबालिकाले सडक छेउको खुला पसल वा अस्वच्छ स्थानमा पकाइएका खाद्य पदार्थ सेवन गर्न नदिऔं,” डा. मिश्राले भन्नुभयो।

Advertisement

बालबालिकामा हैजाको लक्षण प्रायः आकस्मिक रूपमा देखापर्ने हुँदा सचेत रहनुपर्ने उहाँको भनाइ छ। डा. मिश्राका अनुसार अचानक पखाला, लगातार बान्ता, शरीर कमजोर हुनु, अत्यधिक तिर्खा लाग्नु र छालामा सुख्खापन देखिनु हैजाका प्रमुख लक्षण हुन्। यी लक्षण देखिए तुरुन्त नजिकैको स्वास्थ्य संस्था वा अस्पताल पुर्‍याउन डा. मिश्राले आग्रह गर्नुभयो।

Advertisement

यस्तै, रोकथामका लागि बालबालिकालाई नियमित साबुनपानीले हात धुने बानी बसाल्ने, उमालेको वा फिल्टर गरिएको पानी मात्र पिउन दिने, खाना सधैं राम्ररी पकाएर मात्र खुवाउने, फलफूल खाने बेलामा सफा पानीले धोइ खुवाउने र घर वरिपरिको सरसफाइमा ध्यान दिनुपर्ने उहाँले सुझाउनुभएको छ।

हैजा नियन्त्रणका लागि समाजका सबै तहले एकआपसमा सहकार्य गर्नुपर्ने उल्लेख गर्दै डा. मिश्राले भन्नुभयो, “अभिभावक सचेत भए मात्र बालबालिका हैजाबाट सुरक्षित रहन सक्छन्।”

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *