Categories समाचार

रौतहटमा २६ वर्षीय रुबीकुमारीको हत्या, एक सन्दिग्ध पक्राउ

Advertisement

वीरगञ्ज । रौतहटको माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या प्रकरणमा प्रहरीले एक सन्दिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार सोधपुछका क्रममा रुबीको हत्यामा संलग्न हुन सक्ने केही प्रमाणहरू फेला परेका छन् र थप अनुसन्धान तथा पुष्टि जारी छ।

Advertisement

घटनाका अनुसार, गत शनिबार गौर बजार जानका लागि डेराबाट निस्केकी रुबी साँझसम्म फर्किनन्। आमा मिथिलादेवी साहलाई फोन गरेर केही सामान ल्याउन अनुरोध गरेकी उनी त्यसपछि बेपत्ता भइन्। स्थानीयहरूले राति करिब १० बजे सडकमा शंकास्पद सुटकेस देखेपछि प्रहरीलाई जानकारी दिएका थिए।

Advertisement

आइतबार बिहान प्रहरी टोलीले सुटकेस खोल्दा रुबीको शव फेला पारेको छ। प्रहरीले घटनाको सम्पूर्ण विवरण पत्ता लगाउन र अपराधमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्न काम गरिरहेको जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *