Categories स्वास्थ्य

वीरगञ्जमा हैजा नियन्त्रणका लागि गौर प्रादेशिक अस्पतालको चिकित्सक टोली खटियो

वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्र र आसपासमा फैलिरहेको झाडापखाला तथा हैजा नियन्त्रणका लागि गौर प्रादेशिक अस्पतालबाट चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली वीरगञ्ज आइपुगेको छ।

गत शुक्रबारदेखि हैजा र झाडापखालाका बिरामी भेटिन थालेपछि सोमबार डा. परशुराम यादव र डा. विष्णुकुमार साह नेतृत्वको टोली नारायणी अस्पतालमा पुगेको हो। गौर प्रादेशिक अस्पतालका अध्यक्ष मोहम्मद अनवर हासमीका अनुसार वीरगञ्जमा देखिएको अवस्थालाई मध्यनजर गर्दै तत्कालीन सहयोगस्वरूप चिकित्सक र स्वास्थ्यकर्मी पठाइएको हो।

Advertisement

“दुई जना चिकित्सक र तीन जना हेल्थ असिस्टेन्टसहितको टोली खटाएका छौँ,” अध्यक्ष हासमीले बताए, “उनीहरूले उपचारमा सहयोग गर्नुका साथै रोग नियन्त्रणका लागि आवश्यक समन्वय गर्नेछन्।”

Advertisement

नारायणी अस्पतालका तथ्यांकअनुसार हालसम्म वीरगञ्जमा ७९ जना हैजाका बिरामी पुष्टि भइसकेका छन् भने झाडापखालाका लक्षण देखिएका १०३ जना बिरामी विभिन्न अस्पतालमा उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *