Categories समाचार

तोलामा तीनसय रुपैयाँले घट्यो सुनको मूल्य

Advertisement

काठमाडौं l आज सुनको मूल्य घटेको छ। सुनको मूल्य आज तोलामा तीनसय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ९७ हजार दुईसय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुनचाँदीकै मूल्य बढेको थियो। सुनको मूल्य हिजो तोलामा दुई हजार तीनसय रुपैयाँ बढेको थियो l

हिजो सुन तोलाको एक लाख ९७ हजार पाँचयस रुपैयाँमा किनबेच भएको थियो। गएको साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

Advertisement

आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर दुई हजार तीनसय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *