Categories समाचार

इम्बोस्ड नम्बर जडान नगरे जरिवानाको हल्लाका पछाडि नलाग्नोस् : विभाग

Advertisement

काठमाडौं l यातायात व्यवस्था विभागले असोज १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिवाना हुने भन्ने भ्रामक हल्लाका पछि नलाग्न आग्रह गरेको छ । मंगलबार (भदौ १०) एक विज्ञप्ति जारी गर्दै विभागले यस्तो अनुरोध गरेको हो ।

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य गर्ने सूचना जारीपछि यति बेला विरोध र आलोचना गरिँदै छ । “इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारीसाधनहरूमा क्रमशः जोड्दै लैजाने निर्णय भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्डजरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

Advertisement

विज्ञप्तिमा अगाडि भनिएको छ, “साथै, आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वस्फूर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्न समेत अनुरोध गरिन्छ ।”

Advertisement

विज्ञप्ति पढ्नोस्–

    Advertisement

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *