Categories समाचार

हैजा संक्रमण : वीरगन्जमा होटल र मासु पसल अनुगमन, बिग्रिएको खाद्य सामग्री नष्ट

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको पशु सेवा शाखा, वातावरण शाखा तथा महानगर प्रहरी बलको संयुक्त टोलीले मुरली, पानी ट्यांकी, बसपार्क र नगवा क्षेत्रका विभिन्न होटल तथा मासु पसलहरूको मंगलबार अनुगमन गरेको छ।

अनुगमनका क्रममा पसल तथा होटलहरूको सरसफाइ अवस्था, खानेपानीको स्वच्छता र सुरक्षित भण्डारण प्रणाली, साथै फ्रिजमा राखिएका मासु, माछा, अण्डा तथा अन्य खाद्य सामग्रीहरूको निरीक्षण गरिएको थियो। यस क्रममा बिग्रिएका वा म्याद गुज्रिएका खाद्य सामग्री तत्काल नष्ट गर्न निर्देशन दिइएको महानगरले जनाएको छ।

Advertisement

हाल वीरगन्जमा हैजा संक्रमण तीव्र रूपमा फैलिरहेका कारण नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै महानगरपालिकाले नगरका सम्पूर्ण विद्यालयलाई बिदा दिने निर्णय गरेको छ।

Advertisement

त्यसैगरी व्यवसायीहरूलाई सरसफाइ र स्वास्थ्यप्रति सचेत रहन आग्रह गरिएको छ। भविष्यमा यस्ता कमजोरी दोहोरिएमा जरिवाना तथा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।

महानगरपालिकाले स्वस्थ नागरिक र सफा शहर निर्माणका लागि अनुगमन, जनचेतना तथा स्वास्थ्य सुरक्षा अभियानलाई निरन्तर प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *