Categories समाचार

मधेशमा ६ वर्षे सफल नेतृत्वपछि सर्राफ अब लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारीमा

वीरगञ्ज । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले करिब ६ वर्षसम्म मधेश प्रदेश प्रमुखको रूपमा काम गरेका रविशंकर सर्राफलाई विशेष सम्मानसहित बिदाइ गरेको छ। सर्राफ अब लुम्बिनी प्रदेश प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।

वीरगञ्जमा आयोजित बिदाइ कार्यक्रममा कम्पनीका अधिकारी, शाखा प्रमुख तथा एजेन्सी व्यवस्थापकहरूले सर्राफको नेतृत्वमा मधेश प्रदेशमा भएको प्रगतिको उच्च मूल्याङ्कन गरे। उनीमाथि केवल व्यवसाय विस्तारमा मात्र होइन, ग्राहकमैत्री सेवा प्रवर्द्धनमा पनि उल्लेखनीय उपलब्धि दिलाएको श्रेय दिइएको थियो।

Advertisement

कम्पनीका अनुसार सर्राफको कार्यकालमा बीमा व्यवसायलाई प्रतिस्पर्धात्मक चरणमा पुर्याउनुका साथै ग्राहक विश्वास कायम राख्नु उनको प्रमुख उपलब्धि रह्यो। अब लुम्बिनी प्रदेशमा त्यही नेतृत्व क्षमता र अनुभवलाई उपयोग गरी कम्पनीलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

Advertisement

बिदाइ समारोहमा शाखा प्रमुख शिव दास, अनोज कानु, नितेश गुप्ता, चिफ एजेन्सी म्यानेजर भगवती घिमिरेसहित उपस्थित वक्ताहरूले सर्राफलाई उपहार तथा मायाको चिनो अर्पण गर्दै अगाडिको यात्रामा सफलताको शुभकामना व्यक्त गरे।

समारोहमा सहभागीहरूले बीमा व्यवसाय अझै प्रभावकारी बनाउन निरन्तर सुधार, नवीनता र ग्राहक केन्द्रित सेवा आवश्यक रहेको धारणा पनि राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *