Categories समाचार

शाखा अध्यक्षबाटै अन्तर्राष्ट्रिय पदमा चौरसिया, वीरगन्ज जेसीजको ऐतिहासिक पहिचान

Advertisement

वीरगन्ज । वीरगन्ज जेसीजका अध्यक्ष सरोज चौरसियाले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।

नेपाल जेसीजको सिफारिसमा चौरसिया एसिया प्यासिफिक विकास परिषद्को डेभलपमेन्ट अफिसरमा नियुक्त भएपछि वीरगन्ज जेसीजको ५२ वर्षको इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय पदमा पुग्ने व्यक्तित्व बनेका हुन्।

Advertisement

एसिया प्यासिफिक विकास परिषद्, जेसिआइ वल्र्ड अन्तर्गत एसियाली मुलुकहरुको साझा संस्था हो, जसको नेतृत्व मंगोलियाका जेसीज अभियन्ताले गरिरहेका छन् भने सचिवालय जापानमा छ।

Advertisement

परिषद् प्रायः राष्ट्रिय स्तरका पदाधिकारीहरुले प्रतिनिधित्व गर्दै आएकोमा यसपटक नेपालकै एक शाखा अध्यक्ष (चौरसिया) मनोनित हुनु उल्लेखनीय मानिएको छ।

परिषद्मा विभिन्न उपसमूह रहेका छन्। चौरसिया म्यानमार र श्रीलंका समूहमा रहनेछन्। उनीहरूले जेसिआइ अभियानलाई बलियो बनाउन, शाखा विस्तारका लागि तालिम तथा निर्देशन दिनका साथै एसियाली मुलुकका स्थानीय शाखाहरुलाई नयाँ अध्याय सुरु गर्न अभिप्रेरित गर्ने जिम्मेवारी पाउनेछन्।

अध्यक्ष चौरसिया सन् २०२६ को अन्त्यसम्म ताइवान, टुनिसिया, मलेसिया, जापान, म्यानमार र श्रीलंका लगायत मुलुकहरूको भ्रमणमा रहने कार्यक्रम तय भएको छ। यसरी वीरगन्जका एक स्थानीय नेतृत्व अन्तर्राष्ट्रिय जिम्मेवारीमा पुग्नु, नगरको गर्वको विषय बनेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *