Categories समाचार

मन्त्री यादवलाई फोनमार्फत धम्की दिएको आरोपमा युवती नियन्त्रणमा

Advertisement

वीरगञ्ज। खानेपानी मन्त्री प्रदीप यादवलाई मोबाइल फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा पर्सा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार शनिबार वीरगञ्ज–२४, रामगढकी किरण साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा सामान्य सोधपुछका लागि ल्याइएको हो। मन्त्री यादवले आफूलाई युवतीले धम्की दिएको भन्दै गुनासो गरेपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार वीरगञ्जमा फैलिएको हैजा संक्रमणका कारण साहका परिवारका सदस्यहरू ICU मा भर्ना भएका थिए। यसै विषयमा असन्तुष्टि व्यक्त गर्ने क्रममा फोन वार्तामा धम्कीपूर्ण अभिव्यक्ति आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

Advertisement

यसैबीच, मन्त्री यादवसँग युवतीबीच भएको अभद्र संवादको अडियो क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *