Categories खेलकुद

पौडी प्रतियोगितामा ख्वाइस अग्रवालको उत्कृष्ट प्रदर्शन, पहिलो स्थान हासिल

Advertisement

वीरगञ्ज । काठमाडौँमा अग्रवाल युवा मञ्चद्वारा आयोजित भव्य खेल महोत्सवअन्तर्गत सम्पन्न पौडी प्रतियोगितामा ख्वाइस अग्रवाल प्रथम स्थान हासिल गर्दै विजेता बनेकी छन्।

मारवाडी युवा मञ्च बिर्तामोडबाट प्रतियोगितामा सहभागी भएकी ख्वाइस, मारवाडी महिला मञ्च बिर्तामोडकी अध्यक्ष नीलम अग्रवाल र समाजसेवी विजय अग्रवालकी सुपुत्री हुन्। उत्कृष्ट प्रदर्शनमार्फत उनले बिर्तामोडलाई राष्ट्रिय स्तरमा परिचित बनाउन सफल भएकी छन्।

Advertisement

उनको जितले मारवाडी समाज मात्र होइन, सम्पूर्ण प्रदेशकै गौरव बढाएको छ। निरन्तर मेहनत, लगनशीलता र आत्मविश्वासका आधारमा विजयी बनेकी ख्वाइसले युवापुस्ताको क्षमता र महिला सशक्तिकरणको प्रेरक उदाहरण प्रस्तुत गरेकी छन्।

Advertisement

ख्वाइसको उपलब्धिप्रति मारवाडी सेवा समिति बिर्तामोडले हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। समितिको विश्वास छ, यस्ता सफलताले युवाहरूलाइ खेलकुदतर्फ अझ प्रेरित गर्नेछन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *