Categories समाचार

वीरगञ्ज ३१ मा गुडविल सोसाइटीद्वारा ५० थान मच्छरदानी वितरण

Advertisement

वीरगञ्ज । गुडविल सोसाइटी संस्थाले स्थानीय स्वास्थ्य समस्या समाधानका लागि वीरगञ्ज महानगरपालिका ३१ का वासिन्दाहरूलाई ५० थान मच्छरदानी वितरण गरेको छ।

स्थानीयवासीको गुनासोअनुसार सो क्षेत्रमा हाल मच्छरको प्रकोप अत्यधिक देखिएको र स्वास्थ्यमा नकारात्मक असर परेको तथ्यांक पाएपछि संस्थाले राहतस्वरूप मच्छरदानी वितरण कार्यक्रम आयोजना गरेको हो। वितरण कार्यक्रममा वडा अध्यक्ष जितेन्द्र यादव प्रमुख अतिथि रहेका थिए।

Advertisement

सो अवसरमा गुडविल सोसाइटीका अध्यक्ष अरबाज आलम, उपाध्यक्ष सज्जाद, सदस्यहरू किशन पटेल, शाहनवाज, सुहैब, सलाउँदिन, सम्सुदिन, आमिर, सौकत, साहिल, सम्सुल, समीर र आमिरलगायत प्रतिनिधिहरू उपस्थित थिए।

Advertisement

कार्यक्रमका वक्ताहरूले मच्छरजन्य रोग रोकथामका लागि सचेतना अपनाउनुपर्नेमा जोड दिएका थिए। गुडविल सोसाइटीले आगामी दिनहरूमा पनि स्थानीय समस्यालाई मध्यनजर गर्दै यस्ता सामाजिक सहयोग कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *