Categories समाचार

मन्त्रीलाई धम्की दिएकी युवती तीन दिन पुर्पक्षमा

वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवलाई फोनमार्फत धम्की दिएको आरोपमा पक्राउ परेकी किरण साहविरुद्ध जिल्ला अदालत वीरगञ्जले थप तीन दिन पुर्पक्षका लागि म्याद बढाउने आदेश दिएको छ।

शनिबार पक्राउ परेकी साहविरुद्ध अदालतमा विद्युतीय अपराधसम्बन्धी कसुर, संघीय सांसदलाई धम्की दिने कसुर र झुठा तथ्य प्रचार गरेको कसुरमा मुद्दा दर्ता गरिएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

Advertisement

साहलाई मन्त्री यादवको सचिवालयमा उजुरी परेपछि नियन्त्रणमा लिइएको हो। सामाजिक सञ्जालमा सार्वजनिक अडियो अनुसार उनले मन्त्रीलाई फोन गरेर वीरगञ्जमा फैलिएको हैजाको स्थिति बारे प्रश्न गरेकी थिइन्। “हैजा लागेर मान्छे मरेको छ, तपाईं के गर्दै हुनुहुन्छ ?” भन्ने उनको प्रश्न अडियोमा सुन्न सकिन्छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *