Categories समाचार

ओलीको अभिव्यक्तिले नेपालीको आत्मसम्मान उच्च बनेको छ : मेयर सिंह

वीरगन्ज। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभागसम्बन्धी विषयमा राख्नुभएको अडान अद्वितीय र ऐतिहासिक भएको वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, “लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूभाग हो। त्यहाँ कुनै प्रकारको हस्तक्षेप स्वीकार्य छैन।”

Advertisement

सिंहका अनुसार प्रधानमन्त्री ओलीको दृढ अभिव्यक्तिले सम्पूर्ण नेपालीको आत्मसम्मान उच्च बनेको छ। “यसका लागि वीरगन्जबासी मात्र होइन, सम्पूर्ण नेपाली जनता हृदयदेखि आभारी छन्,” उनले भनेका छन्।

Advertisement

देशको नेतृत्व गर्ने व्यक्तित्व कठिन क्षणमा अटल चट्टानझैँ उभिन सक्नुपर्ने उल्लेख गर्दै सिंहले यस्तो संवेदनशील घडीमा सम्पूर्ण नेतृत्त्व वर्गले राष्ट्रिय सहमति र एकताको उदाहरण प्रस्तुत गर्न आवश्यक रहेको जनाएका छन्।

सन्देशको अन्त्यमा उनले “जय देश, जय मधेस” भन्दै प्रधानमन्त्री ओलीप्रति आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *