Categories अर्थ

सुनको मूल्य तोलामा २ लाख ५ हजार रुपैयाँ कट्यो

Advertisement

काठमाडौँ l नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा आज सुनको मूल्य थप १७ सयले वृद्धि हुँदै तोलामा २ लाख ५ हजार रुपैयाँ कटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको थियो । सोमबार फेरि बढ्दै २ लाख ५ हजार ३०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

Advertisement

यस्तै सोमबार चाँदीको मूल्य २ हजार ४७० रुपैयाँ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *