Categories समाचार

लहानमा आमा-छोरा मृत फेला, अर्का नौ महिने छोरा गम्भीर

सिरहा । सिरहाको लहानमा आमा–छोरा मृत फेला परेका छन् ।

लहान नगरपालिका–१ मटियर्वामा घर भाडा लिएर बस्दै आएका २३ वर्षीय श्रीमती रञ्जिता चौधरी र ५ वर्षीय छोरा एरोज चौधरी मृत फेला परेका हुन् । अर्का ९ महिनाको छोरा भने गम्भीर अवस्थामा फेला परेका छन्। उनको प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।

Advertisement

रञ्जिताले दुवै छोरालाई विष ख्वाएर आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जानकारी दिएको छ । रञ्जिताका श्रीमान प्रवीण चौधरी घरमा नभएको बेलामा घटना भएको हो ।

Advertisement

थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *