काठमाडौं l राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले लुटतन्त्र जोगाउनका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन्।
मंगलबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले ठूला दुई दल मिलेर सरकार बनाउने अभ्यास नभएपनि लुटतन्त्र जोगाउनका लागि नै कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका हुन्।
उनले दुई दलले देशमा लुटतन्त्र मच्चाएको आरोप लगाए। महतोले संविधान संशोधन गर्न इच्छा दुई दलमा नरहेको समेत धारणा राखे। ठूला दलले देशमा अराजकताको सीमा पार गरिसककेको उहाको भनाइ छ।
उनले अधिकार पहिचानका साथै सुशासन समृद्धिका क्षेत्रमा सरकार असफल भएकाले अब देशलाई जोगाउन सबै एकठाँउ आउनुपर्ने बेला आएको धारणा राखे।
अध्यक्ष महतोले नेपालको सीमामा हस्तक्षेप हुदा पनि सरकारले कुटनीतिक दवाव दिन नसकेको जिकिर गरे। चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआइ) मा नेपालको समर्थन गरेको भन्ने बाहिर आएको भन्दै उनले यसबारे प्रधानमन्त्रीले यस विषयमा स्पष्ट पार्नुपर्ने बताए।






