वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थिती र जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी कर्फ्यू आदेशका कारण आज वीरगञ्ज महानगरपालिका भित्रका सम्पूर्ण शिक्षण संस्थाहरू बन्द गरिएका छन्।
वीरगञ्ज महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै विद्यार्थी, अभिभावक तथा विद्यालयहरूलाई पठनपाठन स्थगित भएको जानकारी गराएको हो।
त्यसैगरी, जिल्ला प्रशासन कार्यालय, पर्साको सभाहलमा तय गरिएको हैजा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत स्थगित गरिएको महानगरपालिकाले जनाएको छ।
जेनजी आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरी र आन्दोलनकारीबीच पटक–पटक झडप भइसकेको छ। यसैबीच सुरक्षात्मक कारण देखाउँदै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।






