Categories समाचार

त्रिवेणीमा दुर्गा पूजाको जलयात्रामा जेनजीले शरबत र फलफुल वितरण गर्ने

Advertisement

वीरगञ्ज । फेटा गाउँपालिका–१, त्रिवेणीमा दुर्गा पूजाको अवसर पारेर आयोजना गरिएको जलयात्रामा स्थानीय युवाहरूको जेनजी समूहले भक्तजनहरूको सेवाका लागि शरबत तथा फलफुल वितरण गर्ने भएको छ।

आगामी सोमबार (२०८२ असोज ६ गते) त्रिवेणी घाट खैरामाई प्रांगणमा हुने जलयात्रामा करिब १० भन्दा बढी गाउँका श्रद्धालुहरूको सहभागिता हुने अनुमान गरिएको छ।

Advertisement

समूहका अनुसार भक्तजनलाई ताजा र स्वच्छ शरबत तथा फलफुल निःशुल्क वितरण गरिनेछ। सेवा टोलीले सरसफाइलाई प्राथमिकता दिने जनाएको छ। भक्तजनलाई बाटोमा गिलास नफाल्न, डस्टबिन प्रयोग गर्न तथा अनुशासित व्यवहार प्रदर्शन गर्न अनुरोध गरिएको छ।

Advertisement

जेनजी समूहका युवाहरूले दुर्गा पूजाको यस धार्मिक यात्रामा भक्तजनलाई सहज र व्यवस्थित सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *