Categories समाचार

संविधान दिवसमा कलैयास्थित रामजानकी मन्दिरको पोखरीमा युवाहरूको बृहत सरसफाइ अभियान

Advertisement

वीरगञ्ज । १० औं संविधान दिवसको अवसरमा बाराको कलैयास्थित ऐतिहासिक रामजानकी मन्दिरको पोखरीमा शुक्रबार युवाहरूले बृहत सरसफाइ अभियान सञ्चालन गरेका छन्।

युवाहरूले सरसफाइमार्फत समाजप्रतिको आफ्नो जगरुकता र लगाव प्रकट गर्दै आगामी दिनमा विभिन्न सामाजिक तथा पूर्वाधार निर्माणसम्बन्धी गतिविधिमा निरन्तर संलग्न रहने प्रतिबद्धता जनाएका छन्।

Advertisement

कार्यक्रमका क्रममा “आफ्नो गाउँ आफैं बनाऔं” भन्ने मूल नारासहित स्वच्छ तथा सफा कलैया, शिक्षित र स्वस्थ समाज निर्माण गर्ने लक्ष्य राखिएको छ। साथै हाल निर्माणाधीन साढे तीन किलोमिटर लामो मानवत–मटिअर्वा सडक निर्माणमा सक्रिय पहल गर्ने घोषणा पनि गरिएको छ।

Advertisement

उक्त सरसफाइ अभियानमा सौरभ चौलागाईं, सौरभ पाण्डे, दिपेन्द्र साह, रामानन्द यादव, सुमित पटेल, सुरज साह, राजाबाबु गुप्ता, रोशन जैसवाल, सचिन मोदक, राहुल साह, राहुल कुमार पासवान, दिपेश गुप्ता तथा अन्य समाजसेवीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *