Categories समाचार

मेयर सिंहको आह्वान : उच्च मनोबलका साथ पुनःनिर्माण र जनसेवामा लागौं

वीरगन्ज । जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको वीरगन्ज महानगरपालिकाको संरचना पुनःनिर्माणका लागि चालु आर्थिक वर्ष २०८२/८३ को बजेट संशोधन गरिएको छ। शनिबार सम्पन्न विशेष नगरसभाले नगर पुनःनिर्माणलाई पहिलो प्राथमिकता दिने निर्णय सर्वसम्मत पारित गरेको हो।

महानगर प्रमुख राजेशमान सिंहले अधिवेशनमा संशोधित बजेट पेस गर्दै जनप्रतिनिधि र कर्मचारीलाई “उच्च मनोबल कायम गरी पुनःनिर्माण र जनताको सेवामा समर्पित हुन” विशेष आग्रह गर्नुभयो।

Advertisement

यसअघि पारित ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेटभित्रको पूँजीगत तथा सामाजिक विकास योजनाबाट रकम स्थानान्तरण गरी पुनःनिर्माणमा लगानी गरिने भएको छ। प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार तत्कालीन विकास योजना स्थगित भई कार्यपालिका बैठकमार्फत नयाँ शीर्षक तय गरिनेछ।

Advertisement

नगरसभाले, काठमाडौंमा भएको जेनजी आन्दोलनमा प्रहरीको गोली लागी सहादत प्राप्त गरेका वीरगन्ज–१२ का असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग दिने निर्णय पनि गरेको छ।

संशोधित बजेटमार्फत भौतिक संरचना पुनःस्थापना, प्रशासनिक क्षमता अभिवृद्धि र सेवाप्रवाहलाई निरन्तरता दिने कार्य उच्च मनोबलका साथ अघि बढाइने नगरसभाले स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *