Categories समाचार

दशैंको स्वागतमा रोट्रयाक्ट क्लब अफ शंकराचार्यद्वारा बौधिमाई मन्दिरमा सरसफाइ र वृक्षारोपण

Advertisement

वीरगन्ज । विजयादशमी पर्वलाई स्वागत गर्दै रोट्रयाक्ट क्लब अफ शंकराचार्यले आदर्शनगरस्थित ऐतिहासिक बौधिमाई मन्दिरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

हरेक वर्षजस्तै यस वर्ष पनि क्लबका सदस्यहरूले नवरात्रि आरम्भ हुनुअघि मन्दिर परिसर सफा गरी भक्तजनलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्य राखेका छन्। यस पटक सरसफाइसँगै वृक्षारोपण समेत गरिएको क्लबका अध्यक्ष रोट्रयाक्टर अमित कुमार सर्राफले जानकारी दिए।

Advertisement

“मन्दिर संरक्षण २.०” शीर्षकमा सम्पन्न कार्यक्रममा रोटरी क्लब अफ वीरगन्ज, रोट्रयाक्ट क्लब अफ वीरगन्ज, इन्टरयाक्ट क्लब अफ ज्ञानदा एकेडेमी र इन्टरयाक्ट क्लब अफ कादम्बरीको समेत सक्रिय सहयोग रहेको थियो।

Advertisement

कार्यक्रममा अध्यक्ष सर्राफले बौधिमाई मन्दिरलाई दीर्घकालीन रूपमा संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गर्दै भन्नुभयो, “यो मन्दिर हाम्रो महत्वपूर्ण सांस्कृतिक सम्पदा हो। हामी केवल दशैंमा मात्र नभई वर्षभर नै यसको सरसफाइ र संरक्षणमा सक्रिय रहन्छौं।”

यस कार्यक्रमले धार्मिक सम्पदा संरक्षण, सरसफाइ तथा समुदायमा जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

सो अवसरमा क्लबका सचिव रोट्रयाक्टर अक्षत चौधरी, पूर्व अध्यक्ष रोट्रयाक्टर पियुष अग्रवाल, रोट्रयाक्टर पियुष दरुका, रोट्रयाक्टर दीपक गुप्ता, रोट्रयाक्टर बैद्यनाथ जातिया, रोट्रयाक्टर कुमार अभिमन्यु, रोट्रयाक्टर सुरज सर्राफ, रोट्रयाक्टर अंकित सुल्तानिया लगायत सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। त्यस्तै, रोटरी क्लब अफ वीरगन्जका सचिव रोटेरियन दिनदयाल केडिया पनि सहभागी हुनु भएको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *