Categories समाचार

बुटवलमा मृत फेला परे प्रहरी जवान

Advertisement

बुटवल l बुटवलमा एक प्रहरी जवान मृत फेला परेका छन् । बुटवल राजमार्ग चौराहास्थित प्रहरी तालिम केन्द्र बुटवलमा प्रहरी जवान मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार केन्द्रमा कार्यरत बाँकेको राप्ती सोनारी गाउँपालिका ३ घर भएका २४ वर्षीय श्याम चौधरी रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा मृत फेला परेको हुन् ।

Advertisement

डीएसपी कार्कीका अनुसार शुक्रबार तालिम केन्द्रमै रात्रिकालीन ड्युटी गरेका चौधरी शनिबार बिहान तालिम केन्द्रकै खेल मैदानको छेउमै रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेको कार्कीले बताए ।

Advertisement

मृतक चौधरीका परिवारका सदस्यहरू आएपछि शनिबार अपराह्न लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमर्टम गरी शव परिवारको जिम्मा लगाइएको छ।

चौधरी २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *