Categories समाचार

अन्सारी, खरेल र पुनको नाम राष्ट्रपति कार्यालयमा, आजै शपथको तयारी

Advertisement

काठमाडौं l प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद विस्तार गर्ने भएको छ । स्रोतका अनुसार कार्की नेतृत्वको अन्तरिम सरकारमा थप ३ जनाको नाम राष्ट्रपति कार्यालय पुगेको हो ।

आइतबार मोहना अन्सारी, जगदीश खरेल र महावीर पुनको नाम राष्ट्रपति कार्यालयमा पुगेको हो । पत्रकार खरेलले सञ्चार तथा सूचना प्रविधि र वैज्ञानिक पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लिने छन् । तर मानवअधिकारकर्मी रहेकी अन्सारीले लिने मन्त्रालयको नाम खुलेको छैन । उनीहरूको नियुक्ति र शपथ आइतबार नै गर्ने शीतल निवासको तयारी छ ।

Advertisement

कार्की नेतृत्वको सरकारमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश आर्याल यसअघि नै मन्त्री बनिसकेका छन् । खनालले अर्थ, घिसिङले ऊर्जा, भौतिक पूूर्वाधार र सहरी विकास तथा अर्यालले गृह र कानुन मन्त्रालको जिम्मेवारी सम्हालेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *