Categories समाचार

युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजुद्वारा राजीनामा

Advertisement

काठमाडौँ । निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् ।

जेनजी आन्दोलनका क्रममा उक्त स्कुलमा तोडफोड र आगजनी हुँदा व्यापक क्षति भएको थियो । 

Advertisement

राणा उक्त स्कुलको लगानीकर्ता नभई व्यवस्थापन समितिको अध्यक्षमात्रै हुन् । तर, पनि अराजक भीडले आरजुको स्कुल’ भन्दै युलेन्सलाई निशाना बनाएको थियो ।

Advertisement

अहिले राणाले अभिभावकको बैठकमा राजीनामा दिएको जानकारी गराएको एक अभिभावकले बताए । उनले राजीनामा दिएसँगै छिट्टै नयाँ अध्यक्ष छान्ने तयारीमा स्कुल रहेको छ । यसैगरी  खरानीबाट उठेर फेरि नयाँ ढंगले स्कुल सञ्चालन गर्ने तयारीमा युलेन्स रहेको बताइएको छ । 

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *