वीरगन्ज । पर्सा जिल्लाको धोबिनी गाउँपालिका–५ स्थित विभिन्न मन्दिरहरूमा ह्युमन लभ च्यारिटी फण्डले नवरात्रि पर्वको अवसरमा भक्तजनलाई फलफुल वितरण गरेको छ।
हिन्दू समुदायको प्रमुख धार्मिक पर्व नवरात्रि अवधिभर प्रत्येक दिन मन्दिरहरूमा विशेष पूजाआजा र दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ।
भक्तजनलाई सहजता मिलोस् र उनीहरूको आस्था अझ प्रगाढ होस् भन्ने उद्देश्यले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो।
फलफुल वितरणमार्फत श्रद्धालुहरूलाई सेवा प्रदान गर्नुका साथै समाजमा आपसी सद्भाव र धार्मिक सहिष्णुताको सन्देश प्रवाह गर्ने प्रयास गरिएको संस्थाले जनाएको छ।






