Categories समाचार

सूर्या नेपालद्वारा वीरगंज महानगरलाई कम्प्युटर, ल्यापटप सहितका उपकरण सहयोग

Advertisement

वीरगंज l वीरगंज महानगरपालिकालाई कार्यालय पुनःसञ्चालनमा सहजता ल्याउन सूर्या नेपाल प्रा.लि.ले कम्प्युटर, ल्यापटप, प्रिन्टरसहितका विद्युतीय सामग्री सहयोग गरेको छ।

गत भदौ २४ गते आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण वीरगंज महानगरपालिकाको भवनसहित सम्पूर्ण भौतिक सामग्री जलेर नष्ट भएको थियो। सो घटनापछि महानगरपालिकाको दैनिक प्रशासनिक कामकाज प्रभावित भएको थियो। यही अवस्थालाई ध्यानमा राख्दै सूर्या नेपाल प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत दुई थान कम्प्युटर सेट (युपिएससहित), दुई थान ल्यापटप र दुई थान प्रिन्टर हस्तान्तरण गरेको हो।

Advertisement

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वीरगंज महानगर प्रमुख राजेशमान सिंहले असहज अवस्थामा रहेको कार्यालयलाई पुनःसञ्चालन गर्न सूर्या नेपालले पुर्‍याएको सहयोग अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

Advertisement

उहाँले भन्नुभयो, “महानगरपालिकाको दैनिक कामकाज सहज बनाउन सूर्या नेपालले पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गर्दछु। भविष्यमा पनि महानगर र सूर्या नेपालबीच सहकार्य र साझेदारीका कार्यक्रम निरन्तर रहून् भन्ने मेरो अपेक्षा छ।”

सो अवसरमा सूर्या नेपाल प्रा.लि.का प्रभाकर विक्रम शाहले समस्याको घडीमा सहयोग गर्न आफूहरु जहिल्यै तत्पर रहने उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो, “नगरपालिकाको सम्पत्ति जल्नु भनेको नागरिककै सम्पत्ति नष्ट हुनु हो। सबै मिलेर सहयोग गरे महानगर चाँडै उठ्नेछ।”

यस्तै, सूर्या नेपालका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठले सूर्या नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगंज महानगरलाई सहयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो।

सामग्री हस्तान्तरण कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, सूर्या नेपालका सिनियर म्यानेजर यज्ञ आलेसहितका व्यक्तिहरूको उपस्थिति थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *