Categories समाचार

समृद्ध नेपाल फाउन्डेशनद्वारा बिरगंजमा डीजे डान्डिया नाइट–३ भव्य रूपमा सम्पन्न

Advertisement

बिरगंज । समृद्ध नेपाल फाउन्डेशनको आयोजनामा तेस्रो संस्करणको ‘डीजे डान्डिया नाइट–सिजन ३’ शुक्रबार साँझ बिरगंज टाउन हलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख आतिथ्य प्रमुख जिल्ला अधिकारीले गर्नु भएको थियो भने विशिष्ट अतिथिका रूपमा पूर्व प्रदेश सांसद श्याम पटेल, देवेश गुप्ता, दिलिप कार्की र राजन श्रीवास्तवलगायतको उपस्थिति रहेको थियो।

Advertisement

सांगीतिक रमझम, सांस्कृतिक प्रस्तुति र युवाको उत्साह एकैसाथ समेटिएको उक्त कार्यक्रममा टिम गेम्स, ओपन डीजे फ्लोर, भव्य स्टेज परफर्मेन्स, स्वादिला खानपान तथा अन्य मनोरञ्जनात्मक गतिविधिहरूको व्यवस्था गरिएको थियो।

Advertisement

तेस्रो संस्करण अघिल्ला दुई संस्करणभन्दा अझ आकर्षक र विशेष बनेको आयोजकले जनाएको छ। स्थानिय कलाकार, स्वयंसेवी तथा व्यवसायिक डीजेहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा युवाबीच आपसी सञ्जाल विस्तार, स्थानीय प्रतिभा उजागर र सांस्कृतिक चेतना प्रवर्द्धनमा योगदान पुगेको फाउन्डेशनले जनाएको छ।

कार्यक्रम संस्थाका अध्यक्ष सुरज सर्राफको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको सहजीकरण सुरज सर्राफ र नैनसी सर्राफले गर्नुभएको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *