Categories समाचार

बहुवरीबाट उद्धार गरिएकी गर्भवती महिलाले जन्माइन् छोरी

पर्सा । बहुवरीबाट उद्धार गरी मानवसेवा आश्रम वीरगञ्जमा ल्याइएकी गर्भवती महिलाले मंगलबार बेलुकी नारायणी अस्पतालमा सुपुत्रीलाई जन्म दिएकी छिन्।

गत असोज ११ गते शनिबार राति करिब ३० वर्षीया नाम–थर प्रष्ट भन्न नसकेकी गर्भवती महिलालाई उद्धार गरी आश्रममा ल्याइएको थियो।

Advertisement

असोज १४ गते बेलुकी पेट दुखाइ भएपछि उनलाई अस्पताल लगिएको थियो। त्यहाँ उनले सुरक्षित रूपमा छोरी जन्माएको मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ताले जानकारी दिनुभयो।

Advertisement

यस क्रममा आश्रमका अभिभावक प्रकाश थारु, सामाजिक अभियन्ता पिया सिंह, केन्द्रिय सदस्य विवेक महतो, स्वयंसेवक बिकाश माली, अंशु छेत्री, संगीता परियार, प्रहरी जवान नगेश्वर यादव, ओमकुमार झा, दिपेन्द्र चौधरीलगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *