Categories समाचार

मनकामना केबलकार तीन दिन बन्द

Advertisement

मुग्लिन । मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ ।

केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिनुभयो । असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

Advertisement

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ । यो नेपालको पहिलो केबलकार हो ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *