वीरगंज । महानवमीको पावन अवसरमा वीरगंज महानगरपालिका–३, छपकैयास्थित श्री दुर्गा पूजा समितिद्वारा आयोजित भण्डारा समारोहमा हजारभन्दा बढी भक्तजनहरूले प्रसाद ग्रहण गरेका छन्।
धार्मिक आस्था र परम्परालाई बलियो बनाउन आयोजित उक्त कार्यक्रममा स्थानीय वासिन्दा, श्रद्धालु भक्तजन तथा समाजका विभिन्न वर्गको उत्साहजनक सहभागिता रहेको थियो।
दशैं जस्तो महान पर्वले समाजमा धार्मिक सद्भाव, एकता र पारिवारिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास राखिँदै आएको छ।
यसैक्रममा समितिले आयोजना गरेको भण्डाराले सामुदायिक एकता र धार्मिक संस्कारलाई अझ सबल बनाएको बताउँदै सहभागी सबैमा धन्यवाद व्यक्त गरेको छ ।







