Categories समाचार

प्रहरीकै घर फोडी ७ तोला सुन चोरी

Advertisement

इटहरी । दशैँको उल्लासमय माहौलमा इटहरीमा ठूलो चोरीको घटना भएको छ । नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक दिपेन्द्र खवासको घर फोडी करिब ७ तोला सुन चोरी भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा कार्यरत खवास परिवार मङ्गलवार राति दशैँको अष्टमीका अवसरमा श्रीमती प्रियङ्का र छोरासहित मुलघरमा खाना खान गएको बेला चोरले मौका छोपी चोरेको बताइएको छ ।

Advertisement

राति करिब साढे ८ बजे गेटदेखि मुख्य ढोका सम्मका तालाचाबी तोडेर चोर घरभित्र पसेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले जानकारी दिए।

चोरले घरभित्र राखिएको रानीहार ४ तोला, औँठी ८ आना, झुम्का ८ आना, छड्के १२ आना, तिलहरी ३ आना र सुनको बाला १ तोलासहित जम्मा करिब ७ तोला सुनका गरगहना पारी फरार भएको प्रहरीले जनाएको छ।

उक्त घटनापछि प्रहरीको विशेष टोली परिचालन गरिएको छ भने चोरीमा संलग्न व्यक्तिहरूको खोजतलास तीव्र पारिएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *