Categories धर्म/संस्कृति

महानवमीको अवसरमा वीरगञ्ज महानगरपालिकामा पूजा अर्चना तथा बलि अर्पण

Advertisement

वीरगञ्ज । हिन्दू धर्मावलम्बीहरूको महान चाड बडादशैं अन्तर्गत नवौं दिन मनाइने महानवमीका अवसरमा वीरगञ्ज महानगरपालिका कार्यालय र वारूणयन्त्र कार्यालयमा विशेष पूजा अर्चना तथा बलिदान कार्यक्रम सम्पन्न गरिएको छ।

महानगर प्रमुख राजेशमान सिंहको उपस्थितिमा आज दुबै कार्यालयमा विधिपूर्वक देवी पूजन सम्पन्न गरिएको हो। महानगरपालिकाको परम्पराअनुसार प्रत्येक वर्ष महाअष्टमी, महानवमी र चतुर्दशीका दिन देवी भगवतीको नाममा बोकाको बलि अर्पण गरिँदै आएको छ।

Advertisement

यसै क्रममा, दशैंको नवमीका दिन आज पनि देवी–देवताहरूलाई श्रद्धा र भक्तिपूर्वक बलि प्रदान गरिएको छ। हिन्दू धार्मिक परम्पराअनुसार नवमीका दिन शक्ति रूपा देवी दुर्गाको विशेष पूजा गरिन्छ।

महानगर प्रमुख सिंहले शुभकामना दिँदै धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा महानगरपालिकाले निरन्तर सहयोग गर्ने बताए।

उनले धार्मिक र सांस्कृतिक विविधता वीरगञ्जको पहिचान भएको उल्लेख गर्दै यस्ता पर्वहरूबाट सामाजिक एकता र आपसी सद्भाव बलियो हुने विश्वास व्यक्त गरे।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *