Categories समाचार

खैरो हिरोइनसहित बाराबाट एक व्यक्ति पक्राउ

वीरगंज । हिजो (बिहीबार) साँझ करिब ४:३० बजे बारा जिल्लाको प्रसौनी गाउँपालिका–३ नौतन क्षेत्रबाट प्रहरीले लागूऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय प्रसौनी, बाराबाट प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाको आधारमा वीरगंजबाट प्रसौनीतर्फ पैदल आउँदै गरेका एक व्यक्तिलाई शंका लागी जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो।

Advertisement

पक्राउ परेका व्यक्ति पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–३ सानो देउतीका ४२ वर्षीय रामाशंकर दास हुन्। प्रहरीले उनलाई जाँच गर्ने क्रममा दासले लगाएको पाइन्टको बाँया गोजीबाट कागजमा बेरिएको खैरो हिरोइन जस्तो देखिने १९.७८० मिलिग्राम पदार्थ बरामद गरेको जनाएको छ।

Advertisement

बरामद गरिएको लागूऔषधसहित दासलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय प्रसौनी, बारामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *