Categories समाचार

बैंकिङ कसुरमा फरार अभियुक्त अनिल कुमार साह पक्राउ

पर्सा । बैंकिङ कसुर मुद्दामा दुई वर्ष कैद सजाय र करोडौँ जरिवाना तोकिएका फरार अभियुक्त अनिल कुमार साहलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१५ स्थित ब्रहमचोकबाट साहलाई पक्राउ गरेको हो। ३२ वर्षीय साहमाथि पर्सा जिल्ला अदालतले २०८१ साल भदौ २४ गतेको फैसलामार्फत दुई वर्ष कैद र १ करोड ९२ लाख ४० हजार रुपैयाँ जरिवाना तोकेको थियो।

Advertisement

वीरगञ्ज महानगरपालिका–१६ का स्थायी बासिन्दा साहलाई प्रहरीले शुक्रबार दिउँसो १:१० बजे नियन्त्रणमा लिई आजै अदालतमा पेश गरेको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले दिएका छन्।

Advertisement

प्रहरीका अनुसार साहविरुद्ध बैंकिङ कसुरसम्बन्धी थप दुईवटा मुद्दा दायर भएका छन्। ती सबै मुद्दामा उनी लामो समयदेखि फरार रहँदै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *