Categories समाचार

कलैयामा सडक निर्माणका लागि युवा अभियान : हस्ताक्षर संकलनमार्फत सरकारलाई दबाब

Advertisement

बारा । कलैया–आवधापुरदेखि मटियारवा सम्मको करिब ३ किलोमिटर सडक निर्माणका लागि कलैयाका युवाहरूले दबाब सृजना गर्न हस्ताक्षर अभियान सुरु गरेका छन्। कलैयाको मुटु मानिने भरत चौकबाट सुरु भएको यो “सडक बनाऊ, विकास गरौं” नामक माहाअभियानमा स्थानीय युवाहरू सक्रिय रूपमा जुटिरहेका छन्।

अभियानका अगुवा सौरभ चौलागाईं, सौरभ पाण्डे, सुमित पटेल, बिकि गुप्ता, सुरज साह, अमित तिवारी, सुरज चौधरी लगायतका युवाहरूले सडक निर्माणका विषयमा स्थानीय जागरण र नागरिक सहभागिता बढाउन निरन्तर प्रचार–प्रसार गरिरहेका छन्।

Advertisement

युवाहरूका अनुसार, स्थानीय सरकार लगातार उदासीन र गैरजिम्मेवार भएको महसुस भएपछि उनीहरूले स्वतःस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन्। उनीहरूकाे भनाइमा, “वर्षौँदेखि यो सडकको अवस्था अत्यन्तै दयनीय छ। धुलो,धुवाँ र हिलोका कारण जनजीवन कष्टकर बनेको छ, तर जिम्मेवार निकाय मौन छन्।”

Advertisement

अभियानकर्ताहरूले सम्पूर्ण नागरिकहरूलाई हस्ताक्षर अभियानमा सहभागी हुन आग्रह गर्दै यस अभियानमार्फत केन्द्र सरकारसम्म आवाज पुर्‍याउने तयारी गरेका छन्। उनीहरूकाे चेतावनी छ, “आगामी चुनावभन्दा अघि यो सडक निर्माण नभए कुनै पनि दलका उम्मेदवारलाई भोट नदिने जनअभियान सुरु गर्नेछौं।”

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *