वीरगञ्ज । हिन्दुहरुको महान पर्व दीपावलीको अवसरमा वीरगञ्ज कपडा बैंकले घण्टाघरमा करिब ९ सय थान नयाँ तथा पुराना कपडा नि:शुल्क वितरण गरेको छ।
संस्थाले नियमित रूपमा कार्यालयबाट नि:शुल्क कपडा वितरण गर्दै आएको छ भने विशेष अवसरमा विभिन्न स्थानमा वितरण कार्यक्रम आयोजना गरिन्छ।
कार्यक्रममा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षता, समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीको प्रमुख आतिथ्य र अधिवक्ता पन्नालाल गुप्ताको विशिष्ट आतिथ्य रहेको थियो।
वक्ताहरूले मानवसेवामा सबैको सहकार्य आवश्यक रहेको बताउँदै शुभ दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरे।




