Categories समाचार

७०औं प्रहरी दिवसमा रातोपानाका अनिल गुप्ता सम्मानित

बारा । बारामा ७० औं प्रहरी दिवस विशेष सम्मान र सहकार्यको भावनाका साथ मनाइएको छ। जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार आयोजना गरेको विशेष समारोहमा रातोपाना अनलाइन खबरका बारा प्रतिनिधि अनिल गुप्तालाई सम्मान गरिएको हो।

समाजमा शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा पत्रकारितामार्फत उल्लेखनीय योगदान पुर्‍याएको भन्दै गुप्तालाई प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले कदरपत्र प्रदान गरि सम्मान गरेका थिए।

Advertisement

समारोहमा प्रमुख अतिथि पौडेलले प्रहरीको कार्यलाई प्रभावकारी बनाउन सञ्चारकर्मीहरूको भूमिका अपरिहार्य रहेको उल्लेख गरे। “प्रहरी र प्रेसबिचको सहकार्यले मात्र समाजमा सुरक्षित वातावरण निर्माण सम्भव छ,” उनले भने।

Advertisement

कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले प्रहरी दिवसलाई प्रहरी मात्रको उत्सव नभई समुदाय, सञ्चारमाध्यम र नागरिकबीचको सहकार्यको उत्सवको रूपमा लिनुपर्ने बताए।

उक्त अवसरमा शहीद प्रहरी परिवारका सदस्यहरूलाई समेत सम्मान गरिएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *