Categories समाचार

वीरगन्जमा हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान सम्बन्धी तयारी बैठक सम्पन्न

वीरगन्ज । हिन्दु स्वयंसेवक संघका संघचालक तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिम्सिनाको विशेष उपस्थितिमा वीरगन्जमा “हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान” अन्तर्गत बारा र पर्सा जिल्लास्तरीय प्रबुद्ध नागरिक गोष्ठीको तयारी सम्बन्धी विशेष छलफल तथा विमर्श सम्पन्न भएको छ।

उक्त छलफलमा स्थानीय समाजसेवी, शिक्षाविद्, धार्मिक अगुवा, युवा प्रतिनिधि तथा नागरिक समाजका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अभियानका उद्देश्य, हिन्दु समाजमा जागरणको आवश्यकता, राष्ट्रिय एकता र संस्कार संरक्षणका विषयमा विस्तृतरूपमा विचार–विमर्श गरिएको थियो।

Advertisement

कार्यक्रममा संघचालक तिम्सिनाले हिन्दु मूल्य–मान्यता र राष्ट्रिय पहिचानको संरक्षणका लागि नागरिक स्तरमा चेतना फैलाउन सबैलाई आह्वान गर्दै आगामी गोष्ठीलाई सफल बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताउनुभयो।

Advertisement

छलफलका क्रममा बारा र पर्सा जिल्लामा हुनगइरहेको प्रबुद्ध नागरिक गोष्ठीको कार्यक्रम रूपरेखा, संयोजन समिति गठन र प्रचार–प्रसार रणनीतिबारे पनि विस्तृत योजना तय गरिएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *