Categories समाचार

पर्सामा १२ लाख मूल्यका पटाका नष्ट

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न स्थानमा खटिएका प्रहरी टोलीहरूले नियन्त्रणमा लिएका करिब रु. १२ लाख बराबरका वेवारिसे पटाकाजन्य सामग्री नष्ट गरेको छ।

प्रहरीका अनुसार आज जिल्ला प्रहरी कार्यालय पर्साको परिसरभित्र स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थितिमा ती पटाका सामग्री नष्ट गरिएको हो।

Advertisement

विभिन्न मितिमा गरिएको चेकजाँचका क्रममा प्रहरीले सो मात्रा बराबरका पटाका बरामद गरेको थियो। प्रहरीले ती पटाकाहरू अवैध रूपमा बिक्री वितरण रोकथामका लागि नियन्त्रणमा लिई नष्ट गरिएको जनाएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार प्रहरीको नियमित अनुगमन र निगरानीका क्रममा पटाकाजन्य सामग्री फेला परेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *