वीरगञ्ज । उमङ्गका बीच वीरगञ्जमा दुःखद घटना घटेको छ। दीपावलीको सजावटका क्रममा विद्युत् स्पर्श भएर एक युवकले ज्यान गुमाएका छन्।
वीरगञ्ज महानगरपालिकाल१, बजार छपकैयामा स्थानीय लालु साह तेलीका छोरा १७ वर्षीय पीयूष साहको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको हो।
वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार धनतेरसको दिन साँझ करिब ६ बजे आफ्नै घरमा झालर बत्ती जडान गर्ने क्रममा पीयूष करेन्टले झस्किएका थिए।
तत्काल अचेत बनेका उनलाई स्थानीयले उद्धार गरी नारायणी अस्पताल लगे पनि अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै निधन भएको थियो।




