Categories समाचार

कालिकामाई युवा समाजले दलित बस्तीमा पुगेर मनायो दोस्रो वार्षिकोत्सव

Advertisement

वीरगंज । पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नं–२ स्थित कालिकामाई युवा समाजले आफ्नो दोस्रो वार्षिकोत्सव शनिबार दलित बस्तीमा पुगेर मनाएको छ।

समाजले दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक सेवा कार्यक्रमको आयोजना गरेको हो।

Advertisement

वार्षिकोत्सवको अवसरमा समाजले कालिकामाई गाउँपालिका वडा नं–१, गोपालपुरस्थित माझी समुदायका करिब ५० घरपरिवारलाई प्रति परिवार लुगा, मैदा, चिनी, रिफाइन तेल, अगरबत्ती, सलाही लगायतका छठ पूजाका सामग्री वितरण गरेको छ।

कार्यक्रमका अध्यक्ष तथा कालिकामाई युवा समाजका अध्यक्ष आकाश चौरसियाले संस्थाले सधैं समाजसेवा, सहकार्य र समृद्ध समाज निर्माणका लक्ष्यसहित क्रियाशील रहेको बताएका छन्। उनले “कार्यक्रमका लागि कुनै बाह्य सहयोग नलिई आफ्नै स्रोत र सदस्यहरूको सहयोगमा व्यवस्था मिलाइएको” बताउँदै संस्थालाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। साथै उनले दिपावली तथा छठ पर्वको शुभकामना पनि दिए।

उत्सवका अवसरमा साडी र छठ पूजाका सामग्री वितरण कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष आकाश केवट, उपाध्यक्ष भरत साह, सचिव विकास पटेल, कोषाध्यक्ष बुलेट तिवारी, इलाका प्रहरी कार्यालय बिरञ्चीबर्वाका प्रहरी सहायक निरीक्षक जगमोहन साह कानु, संस्थापक सदस्य राकेश सरार्फ, मोहन महतो, रमेश चौरसिया, चन्द्रशेखर पटेल, दिपेन्द्र गुप्ता, सुदिप चौरसिया, सदस्यहरू नितेश कुशवाहा, अशोक साह, यूराज पटेल लगायतको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *