Categories समाचार

वडा प्रहरी प्रमुख निरोज चौलागाईंलाई नागरिक अभिनन्दनसहित विदाई

Advertisement

वीरगञ्ज । वीरगञ्ज वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंलाई विशेष कार्यक्रममार्फत सम्मान गरिएको छ।

प्रहरी निरीक्षक चौलागाईंले विर्ता क्षेत्रमा शान्ति, सुरक्षा र अमन चयन कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै नागरिक समाज, स्थानीय निकायका प्रतिनिधि र विभिन्न संघसंस्थाको संयुक्त पहलमा उनलाई सम्मान गरिएको हो।

Advertisement

वीरगञ्जको विर्ता चोकमा आयोजित कार्यक्रममा चौलागाईंलाई नागरिक अभिनन्दनसहित विदाई गरिएको थियो। कार्यक्रममा समाजसेवी तेज शमशेर जबरा, वीरगञ्ज महानगरपालिका–४ का वडाध्यक्ष जगत साह कानु, पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य असलम आलम, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराई, कमल चौगाई, सामाजिक अभियन्ता, खेलप्रेमी तथा विद्यार्थी लगायतले चौलागाईंको सेवाभाव र योगदानको प्रशंसा गरेका थिए।

वडा प्रहरी प्रमुखको रूपमा १३ महिना कार्यरत रहेका चौलागाईं हाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान महाशाखामा सरुवा भएका छन्। उनी आइतबार वीरगञ्जबाट नयाँ कार्यस्थलतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *