Categories समाचार

हिन्दू स्वयंसेवक संघ वीरगन्जद्वारा दीपावलीको अवसरमा मिठाई वितरण कार्यक्रम सम्पन्न

Advertisement


वीरगन्ज । हिन्दू स्वयंसेवक संघ नेपाल, वीरगन्जले शुभ दीपावलीको अवसरमा स्थानीय सनातन हिन्दू समुदायबीच मिठाई वितरण गर्दै शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

संघ परिवारको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सुरक्षामा खटिएका प्रहरी, प्रशासनिक कर्मचारी, मन्दिरका पुजारी–महन्त तथा सडकमा बसोबास गर्ने असहाय परिवारहरूसँग सानो खुशी र पारिवारिक भावनाको आदान–प्रदान होस् भन्ने उद्देश्यले मिठाई वितरण गरिएको हो । साथै उपस्थित स्वयंसेवक र शुभेच्छुकहरूबीच पनि दीपावलीको मिठास बाँडिएको थियो ।

Advertisement

कार्यक्रमका क्रममा संघका पदाधिकारीहरूले हिन्दू धर्म, संस्कार र संस्कृतिको संरक्षणका लागि एकता र सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै सामाजिक, धार्मिक तथा परम्परागत मूल्यहरूको प्रवर्द्धनमा हिन्दू स्वयंसेवक संघ निरन्तर सक्रिय रहेको बताए ।

Advertisement

संघले विगत पाँच वर्षदेखि यस्ता सामाजिक–धार्मिक कार्यक्रमहरू निरन्तर गर्दै आएको जनाएको छ । यस वर्ष पनि घर जान नसकेका नारायणी अस्पतालमा बिरामीका कुरुवा, सीमाक्षेत्रमा खटिएका सशस्त्र सुरक्षा कर्मी तथा अन्य परिवारहरूलाई समेत मिठाई वितरण गरिएको थियो ।

हरेक वर्षझैं यस वर्ष पनि श्रीलक्ष्मी पूजाको दिन हिन्दू स्वयंसेवक संघ वीरगन्ज विभागद्वारा विभिन्न स्थानहरूमा मिठाई वितरण र शुभकामना आदान–प्रदान कार्यक्रमका साथ दीपावली पर्व उल्लासपूर्वक मनाइएको थियो ।

संघका स्वयंसेवकहरूले “नेपाल हाम्रो आमा हो, हामी सबै नेपाली एकै परिवारका सन्तान हौं। हाम्रो संस्कार र संस्कृति हामी सबै मिलेर जगेर्ना गरौं” भन्ने सन्देश प्रवाह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *