Categories समाज

पूर्व वडाअध्यक्ष तथा नेकपा एमाले जिल्ला सदस्य यादवको करेन्ट लागेर मृत्यु

Advertisement

रौतहट । रौतहटको गौर नगरपालिका-५ का पूर्व वडाअध्यक्ष तथा नेकपा एमाले रौतहट जिल्ला कमिटी सदस्य रामस्वार्थ राय यादवको आज करेन्ट लागेर मृत्यु भएको छ।

आफ्नै करेसाबारीमा विद्युतीय मोटरमार्फत पानी सिँचाइ गर्ने क्रममा अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ।

Advertisement

करेन्ट लागेपछि गम्भीर अवस्थामा रहेका यादवलाई तुरुन्तै स्थानीयहरूले उद्धार गरी प्रादेशिक अस्पताल गौर पुर्‍याएका थिए, तर चिकित्सकले उनलाई ४:३० बजे मृत घोषित गरेका थिए।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *