Categories Uncategorized

वीरगंजमा नालामा स्प्रे अभियान सुरु, डेंगु र हैजा नियन्त्रणमा जोड

Advertisement

वीरगंज । बढ्दो लामखुट्टेको प्रकोप र त्यसबाट फैलिन सक्ने डेंगु, इन्सेफलाइटिस, मलेरिया जस्ता प्राणघातक रोग तथा हैजाको संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले वीरगंज महानगरपालिकाले नालामा स्प्रे अभियान सुरु गरेको छ।

महानगरपालिकाले जारी गरेको सूचनाअनुसार भोलिदेखि वडा नं. १-३२ सम्मका नालामा बिहान १० बजेदेखि स्प्रे कार्य सञ्चालन गरिने भएको छ।

Advertisement

यस क्रममा महानगरले तोकिएका मिति र दिनअनुसार खटिने स्प्रे टोलीलाई आवश्यक सहयोग पुर्‍याउन सम्बन्धित वडा कार्यालय र स्थानीय बासिन्दालाई अनुरोध गरेको छ।

Advertisement

वीरगंज महानगरले विगत केही दिनयता बढ्दो रोग संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सफाइ र नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *