Categories समाचार

जेन–जी आन्दोलनको क्रममा कारागारबाट भागेका कैदीको हत्या

Advertisement

काठमाडौं । जेन–जी आन्दोलनको क्रममा मकवानपुरको भीमफेदी कारागारबाट भागेका कैदी नारायण कुमालको हत्या भएको छ ।

२८ वर्षीय कुमालको पूर्वी नवलपरासीस्थित गैँडाकोटमा ७÷८ जनाको समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको बताइएको छ ।

Advertisement

पूर्वी नवलपरासी प्रहरीका अनुसार शुक्रबार राति गैँडाकोट नगरपालिकास्थित इँट्टाभट्टा नजिकै उनको हत्या भएको पाइएको हो ।

Advertisement

कुमाल बलात्कार कसुरमा १० वर्ष कैद र ३५ हजार जरिवानाको फैसला भएका कैदी थिए । उनी जेन–जी आन्दोलको क्रममा भीमफेदी कारागारबाट फरार भएको थिए ।

उनी चितवनको कालिका नगरपालिका–४ पदमपुरका स्थानीय हुन् । कुमालको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *