Categories समाचार

नख्खु कारागारबाट फरार कैदी साह वीरगन्जबाट पक्राउ

Advertisement

वीरगन्ज । लागुऔषध सम्बन्धी मुद्दामा सजाय भोगिरहेका कैदी लालबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको सूचना संकलन तथा विश्लेषण शाखाका अनुसार, विशेष सूचनाको आधारमा प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–१० रानीघाटका ३९ वर्षीय लालबाबु साहलाई पक्राउ गरेको हो।

Advertisement

साहलाई लागुऔषध सम्बन्धी कसुरमा अदालतले २ वर्ष १ महिना कैद र रू. १ लाख ५ हजार जरिवाना तोकेको थियो। उनी गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागार कार्यालयबाट फरार भएका थिए।

Advertisement

पक्राउ पर्ने क्रममा साह आफ्नै गाउँघरमा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका साहलाई आवश्यक प्रक्रिया पूरा गरी पुनः सम्बन्धित कारागारमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *